सोमबार, १५ सेप्टेम्बर, २०२५
09:55 | १४:४०

तीन नवनियुक्त मन्त्रीले लिए शपथ

नेपाली लिङ्क सेप्टेम्बर १५, २०२५


काठमाडौँ । नवनियुक्त तीन मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरू रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई शपथ गराएका हुन् । 

नवनियुक्त मन्त्रीहरूमध्ये खनाललाई अर्थ, घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ भने अर्याललाई गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उनीहरूलाई आइतबार साँझ मन्त्रीमा नियुक्त गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू