सोमबार, ८ सेप्टेम्बर, २०२५
18:21 | २३:०६

गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

नेपाली लिङ्क सेप्टेम्बर ८, २०२५

काठमाडौं- गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आफ्नो राजीनामा बुझाएका हुन् ।

सोमबार राजधानीमा जेनजी समूहले गरेको प्रदर्शन हिंसात्मक बनेपछि कम्तीमा १९ जनाको ज्यान गएको थियो । घटनापछि गृहमन्त्री लेखकले आफूले नैतिक जिम्मेवारी लिने भन्दै पद छाड्ने निर्णय गरेका हुन् ।

प्रदर्शन नियन्त्रण गर्न नसकेको भन्दै गृह मन्त्रालयमाथि आलोचना बढेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू