सिन्धुलीमा एकै परिवारका १६ जना चार दिनदेखि बेपत्ता



काठमाडौं- सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, छेत्पा नजिक भण्डास विप्परकटेरीमा एकै घरका लोपोन्मुख हायु परिवारका १६ जना चार दिनदेखि बेपत्ता भएका छन् ।
बिहीबार दिउसो सुँगुर काटेर खाएर एकै परिवारका १६ जना सम्पर्कविहीन भएपछि प्रहरी र स्थानीयले उनीहरूको खोजी कार्य तीव्र बनाएका छन् ।
एकैपटक परिवार नै बेपत्ता भएपछि प्रहरीले खोजीकार्य तीव्र पार्दै उनीहरुको नामावली सार्वजनिक गरेको छ।
बेपत्ता हुनेमा ५२ वर्षीया उर्मिला हायु, २७ वर्षीया कमला हायु, २३ वर्षीया कोमल माया हायु, १९ वर्षीया उषा हायु, २१ वर्षीया अस्मिता हायु, २९ वर्षीय राजु हायु, २४ वर्षीय हिमाल हायु, १६ वर्षीय लालबहादुर हायु, १४ वर्षीय वेगबहादुर हायु, ११ वर्षीय लक्ष्मण हायु, १२ वर्षीय सुवर्ण हायु, १० वर्षीया ओमकुमारी हायु, १ वर्षीय अर्जुन हायु, ४ वर्षीया रियासा हायु र १५ वर्षीय शान्ता हायु छन्।
उर्मिला हायुको १६ जनाको परिवार सोमबार बिहानदेखि हराएको गोलन्जोर गाउँपालिकाका प्रवक्ता रेगन राज थापाले जानकारी दिए। गाउँपालिकाका अनुसार बेपत्ता हुनेमा उर्मिला हायुसहित उनका ६ छोरा, ६ छोरी, १ बुहारी, १ नातिनी र १ जना ज्वाइँ रहेका छन्।
गाउँपालिकाका प्रवक्ता थापाले भने, ‘घटनास्थलमा अनुसन्धान गर्दा यहाँ केही पनि देखिँदैन। घटनास्थल हेर्दा कतै गएर बसेको जस्तो देखिन्छ। अरु कुरा पत्ता लागेको छैन। प्रहरीले खोजीकार्य जारी राखेको छ।’
प्रवक्ता थापाले प्रहरीले टेलिफोन ट्र्याकिङ गर्दा मोबाइलको अन्तिम लोकेशन रामेछापमा देखाएको बताए। उनले भने, ‘फोनचाहिँ रामेछापमा चलिरहेको छ। प्रयोग भएको देखिन्छ। रामेछापमा टावर देखाएको भन्ने छ। फोन सम्पर्क भएको छैन।’
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५