भोटेकोशी नदीमा आएको बाढीले धनजनको व्यापक क्षति, १८ जना सम्पर्कविहीन, १५० गाडी बगे



काठमाडौँ —रसुवागढी नाकास्थित भोटेकोशी नदीमा मंगलबार आएको बाढीले ठूलो धनजनको क्षति भएको छ ।
बाढीले १८ सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेमा ३ प्रहरी, ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेको प्रहरीले जनाएको छ ।
गत राति चीन तर्फबाट भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी भन्सार कार्यालय परिसरमा रहेका गाडीहरू बगाएका छन्।
भन्सारको यार्ड (सुक्खा बन्दरगाह) मा भन्सार पासका लागि राखिएका रहेका करिब १५० विद्युतीय गाडी बाढीले बगाएको प्रारम्भिक अनुमान छ।
सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीतर्फ प्रहरी चौकी हाकु रसुवा दरबन्दी भई इलाका प्रहरी कार्यालय टिमुरे रसुवामा कार्यरत रामेछाप लिखु तामाकोशी गाउँपालिका-४ का ४२ वर्षीय प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय पर्सा दरबन्दी भई इलाका प्रहरी कार्यालय टिमुरे रसुवामा कार्यरत बारा फेटा गाउँपालिका-१ का २४ वर्षीय प्रहरी जवान मुन्ना ठाकुर र प्रहरी चौकी लाङटाङ रसुवा दरबन्दी भई इलाका प्रहरी कार्यालय टिमुरे रसुवामा कार्यरत बझाङको बुंगल नगरपालिका-९ का २३ वर्षीय प्रहरी जवान लोकेन्द्र बोहोरा छन् ।
त्यसैगरि, चिनियाँ नागरिकमा यु युए, ली ह्वाचिङ, याङ चुवान, यु हाई हाङ, यु सियाओ चिउ र चोउ योङ तथा नेपाली नागरिकतर्फ बर्दियाका ३६ वर्षीय जिपन चौधरी, बर्दियाका ३५ वर्षीय सन्तोष दहित, बर्दियाका २५ वर्षीय बुद्धिराम थारु, बर्दियाका २४ वर्षीय लक्ष्मीनारायण थारु, बर्दियाका ३० वर्षीय सुरेश थारु, बागलुङका नरेन्द्र विक, सिन्धुपाल्चोकका कन्टेनर डिब्बा चालक फुर्वा लामा, वतन नखुलेको मिक्चर चालक गोविन्द मोक्तान र हाइलक्स चालक लोकमान तामाङ रहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५