बेलायतमा धर्म, संस्कृति जोगाउन नेपाली भजन महोत्सव


लन्डन- बेलायतमा हिन्दू धर्म र नेपाली कला, संस्कृति जगेर्ना गर्ने उद्धेश्यसहित नेपाली भजन महोत्सव भएको छ । साझा नेपाली समाज यूकेको आयोजनामा सोमबार मिडल्यान्डको वुल्भरह्याम्पटनमा दोस्रो नेपाली भजन महोत्सव गरिएको हो ।
उक्त अवसरमा बेलायतका विभिन्न क्षेत्रबाट आएका आधा दर्जन बढी संस्था तथा समूहले भजन प्रस्तुति गरेका थिए । मिडल्यान्डकै विभिन्न क्षेत्र मात्र नभइ लन्डन र स्कटल्यान्डबाट समेत भजन टोलीहरु सहभागी भएका थिए ।
महोत्सवमा प्रस्तुत भजन सुन्न र नाचगान गर्न बेलायतभरबाट सयौं नेपाली हुल्भरह्याम्पटनमा जम्मा भएका थिए । कार्यक्रममा स्थानीय बरोका मेयरसहित केही बेलायती समुदायका सदस्यसमेत अतिथिको रुपमा उपस्थित थिए ।
साझा नेपाली समाज यूकेले गत वर्ष पहिलोपटक बेलायतमा भजन महोत्सव आयोजना गरेको थियो। बेलायतमा रहेको नेपालीको दोस्रो पुस्ता समेतलाई हिन्दू धर्म र नेपाली कला, संस्कति चिनाउने र सिकाउने कार्यमा महोत्सवले सहयोग गर्ने आशा लिइएको छ ।
महोत्सव आयोजक साझा नेपाली समाज यूकेले कार्यक्रममा सहभागी सबै भजन समूह तथा सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।
समाजका अध्यक्ष दीपक सापकोटाको अध्यक्षतामा सम्पन्न महोत्सवको संयोजन उपाध्यक्ष शिव खरालले गरेका थिए ।
तस्विरहरु: टिका अधिकारी
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५