शनिबार, वैशाख २०, २०८२
05:04 | ०९:४९

बेलायतको स्थानीय निर्वाचनमा पराजित भए डा कैनी

नेपाली लिङ्क मे २, २०२५

लन्डन – बेलायतमा विहीबार सम्पन्न स्थानीय निर्वाचनमा नेपालीमूलका उम्मेदवार डा बच्चुकैलाश कैनी पराजित भएका छन्।

शुक्रबार घोषित मतपतिणामअनुसार सत्तारुढ लेबर पार्टीका तर्फबाट डाटफोर्ड काउन्टी काउन्सिलका उम्मेदवार कैनी तेस्रो बनेका हुन्।

४ हजार ३ सय ४१ मत खसेको क्षेत्रमा रिफर्म यूकेका उम्मेदवार १६ सय १५ मतसहित विजयी भएका छन्।

यसअघिको निर्वाचन जितेको कन्जरभेटिभ पार्टीका उम्मेदवार १ हजार ५ सय ४७ मत ल्याएर दोस्रो स्थानमा आएका छन्। लेबर उम्मेदवार डा कैनी ८ सय मतसहित तेस्रो भए।

उनी सन् २०१७ को संसदीय निर्वाचनमा लेबर पार्टीका तर्फबाट डाटफोर्ड निर्वाचन क्षेत्रको उम्मेदवार थिए । त्यसअघि उनी डार्टफोर्ड बरोमा काउन्सिलर निर्वाचित भएका थिए।

सन् २०१३ देखि लेबर पार्टीमा सक्रिय डा कैनी हाल लेबर पार्टी डाटफोर्ड जिल्ला समितिको कार्यकारी सदस्य र पार्टीको बिएएमई (अश्वेत र अल्पसंख्यक जातीय समुदाय) इन्चार्जको रुपमा कार्यरत छन्।

तनहुँमा जन्मेका डा. कैनी र उनको परिवार पञ्चायत कालमा नेपालको प्रजातान्त्रिक आन्दोलनमा समेत सक्रिय थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू