नेपाली जनसम्पर्क समिति विश्व सञ्जालको नयाँ वर्ष शुभकामना


अमेरिका– नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समिति विश्व सञ्जालले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना कार्यक्रम आयोजना गरेको छ।
शनिबार भर्चुएल माध्यमबाट आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै पूर्व परराष्ट्र मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एन पी साउदले डायस्पोराबाट नेपालले धेरै अपेक्षा गरेको बताए।
उनले संविधानले नै गैर आवासीय नेपाली (एनआरएन) नागरिकताको व्यवस्था गरी एनआरएन नागरिकता वाहकले राजनीतिक बाहेक अन्य सम्पूर्ण अधिकार नेपाली नागरिक सरह पाउने भनेकाले त्यो अधिकारमा कुनै पनि कटौती गर्न नहुने बताए। उनले त्यसमा कुनै पनि अवरोध हुन नहुने बताए।
साउदले एनआरएन नागरिकता लिइ सकेपछि नेपाल जाँदा भिसा लगाउनु पर्ने नियम ठिक नभएको बताउंदै विदेशमा रहेका झन्डै ५०–६० लाख नेपालीलाई कन्सुलर सेवा पुरयाउनु नेपाल सरकारको दायित्व रहेको बताए। नेता साउदले नेपालमा लोकतान्त्रिक संस्कृतिको विकास गर्न प्रवासमा रहेका नेपालीहरुले खबरदारी गरि रहनुपर्ने धारणा समेत व्यक्त गरे।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री गोविन्द बहादुर शाहले नेपालको विकासका लागि ’प्याराडाइम शिफ्ट’ गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले यसका लागि प्रवासमा रहेका साथीहरुको सहयोग आवश्यक रहेको बताए । उनले सरकारले विदेशमा बस्ने नेपालीलाई भोट हाल्ने व्यवस्था मिलाउनुपर्ने पनि बताए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले बहुदलीय व्यवथाको पुनस्र्थापना पछि नेपालले फड्को मारेको बताए।
‘२०४८ सालमा देशभरि सडक सञ्जाल जम्मा ७ हजार किमी मात्रै थियो, अहिले १ लाख किमी नाघेको छ। विश्व बैंकका अनुसार चरम गरिबीको रेखा मुनि रहेका नेपालीको संख्या एक प्रतिशत भन्दा पनि कम छ । नेपालीको औसत आयु ५४ वर्षबाट ७२ वर्ष पुगेको छ’, भट्टराईले भने ‘पपुलिज्म र कम्युनिज्मले नेपालको हित गर्दैन। नकारात्मक कुराले देश बन्दैन। देश बनाउन राम्रो पार्टी, राम्रो नेता चाहिन्छ। हामीले अबको २० वर्षमा गरिबीमुक्त देश बनाउन सक्छौं। यसका लागि तपाईंहरुले आफ्नो अनुभव, सुझाव र सल्लाह दिनोस् ।’
कार्यक्रममा शुभकामना दिंदै एनआरएनए अभियन्ता डा केशव पौडेलले बीपीको सिद्धान्तको फेरि पुनरावलोकन गरेर नेपालको विकासका लागि सोच्नु पर्ने समय आएको बताए। उनले मन्त्री भएपछि मलाई पुग्यो भन्ने प्रवृत्ति विद्यमान रहेको भन्दै कांग्रेस नेतृत्वलाई विलासितामा ध्यान नदिन र देश विकासको खाका बनाउन आग्रह गरे। “यसमा हामी तपाईंहरुलाई सहयोग गर्न तयार छौं,“ उनले भने।
जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशनका अध्यक्ष डा यादव पण्डितले नेपाली कांग्रेस समाजवादी आर्थिक मोडलबाट नयाँ आर्थिक मोडलमा जानु पर्ने आवश्यकता रहेको बताउंदै पार्टीले अहिले लिएको दिशा नै परिवर्तन गर्नुपर्ने जनाए । उनले विश्व सञ्जाल सारा नेपालीलाई जोड्ने सञ्जाल बन्न सकोस् भन्ने शुभकामना पनि दिए ।
कार्यक्रममा कांग्रेस नेतृ मृदुला कोइराला, कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य हरिबोल भण्डारी, एनआरएनए अभियन्ताहरु महेश श्रेष्ठ, सुनिल साह, प्रमोद सिटौला, दुर्गा आचार्य, डा ज्ञानेन्द्र रेग्मी, बुद्धि सुवेदी, राज रेग्मी, डा देशराज संयोक, दिलेन्द्र रावल, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिद्वय रामशरण हुमागाई, सुवास लामा लगायतले शुभकामना दिंदै लोकतान्त्रिक शक्तिहरु एक भएर अगाडि बढ्न सुझाव दिए ।
विश्व सञ्जालका सहमहामन्त्री भूपि गोविन्द श्रेष्ठ तथा प्रवक्ता मुक्तिनाथ पन्तले सञ्चालन गरेको कार्यक्रममा सञ्जालका सल्लाहकार धर्म राज अधिकारी (जापान), एसिया क्षेत्र संयोजक राम प्रसाद उप्रेती, शिब बहादुर बलायर (चेन्नई) लगायतले शुभकामना दिएका थिए ।
कार्यक्रममा सहभागीहरूलाई विश्व सञ्जाल उपसभापति नवराज शिवाकोटी (कोरिया) ले स्वागत गरेका थिए । उक्त कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, गंगाधर गौतम, ओम भट्टराई, पदम राहुल गुरुङ लगायतको उपस्थिति थियो ।
कार्यक्रमको सभापतित्व गरिरहेका जनसम्पर्क समिति विश्व संजालका अध्यक्ष विष्णु सवेदीले जहाँ भए पनि आफूहरुलाई आफ्नो देश र पार्टीको माया रहेको बताए। नेपालमा दुईवटा ठूला दलको सरकार हुँदा पनि जनताले सुरक्षित र आशावादी महसुस गर्न नपाएको बताउंदै उनले सरकारलाई जनतामा आशा जगाउने खालका कामहरु गर्न सुझाव दिए ।
उनले विश्व संजाल क्षेत्रगत रुपमा गएको र विस्तारको क्रममा रहेको बताउंदै जर्मनीमा विश्व सम्मेलन गर्ने तयारी भइरहेको पनि जानकारी दिए । उनले विश्व सञ्जालमा जोडिएर नेपालको लोकतान्त्रिक शक्तिलाई बलियो बनाउन आग्रह गरे।
जनसम्पर्क समिति विश्व सञ्जालको क्षेत्रीय पदाधिकारीहरुको घोषणा
कार्यक्रममा जनसम्पर्क समिति विश्व सञ्जालको क्षेत्रीय पदाधिकारीहरुको घोषणा गरिएको थियो जस अनुसार विश्व संजालको एसिया सभापतिमा राम प्रसाद उप्रेती (कोरिया), उपसभापति बाबुराम सापकोटा (जापान), महामन्त्री राजेश खनाल (जापान), सहमहामन्त्रीहरु प्रेम सागर पौडेल (कोरिया), ताहिर खान (हङकङ), युवराज न्यौपाने (मकाउ) छन्। कोषाध्यक्ष पछि मनोनयन गरिने छ।
त्यस्तै सदस्यहरुमा सागर माङ्ग्मु (कोरिया), राजेन्द्र लामिछाने (कोरिया), लक्ष्मण न्यौपाने (जापान), गणेश रायमाझी (जापान), विमान सिंह मोक्तान (जापान), जगदीश न्यौपाने (मकाउ), अच्युत बडाल (मकाउ), गीता नेपाल (हङकङ), उपेन्द्र बि.क (हङकङ), हरि कोइराला (मलेसिया), घनश्याम चौधरी (मलेसिया) र सन्तोष पौडेल (मलेसिया) छन्।
यस्तै जनसम्पर्क समिति विश्व सञ्जालको मध्यपूर्व समितिमा सभापति नानुकाजी अर्याल र सदस्यहरुमा एकेन्द्र थापा (दुबई), राम कृष्ण पुन (दुबई), नवीन पंगेनी (ओमान), संजय कुमार शाह (ओमान), राजेन्द्र विरही (कुवेत), सूर्य थापा (बहराइन) रहेका छन्। अन्य पदाधिकारीहरु छिट्टै थप गरिने छ।
यसै गरी विश्व संजालको दक्षिण एसिया (सार्क) क्षेत्रीय समितिको संरक्षकमा डा कृष्णप्रसाद आचार्य तथा चन्द्रकान्त आचार्य, अध्यक्ष शिव बहादुर बलायर, वरिष्ठ उपाध्यक्ष धनबहादुर के सी, उपाध्यक्ष मेघराज पौडेल, महासचिव दीपक बहादुर बिष्ट, सह महासचिव गोरख बहादुर ढाँट, कोषाध्यक्ष मान बहादुर खड्का र सदस्यहरुमा कृष्ण बहादुर बलायर तथा इन्द्र बहादुर रोकाया छन् । बाँकी सदस्य छिट्टै थप गरिने जनाइएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५