सोमबार, वैशाख १५, २०८२
उच्च अदालतको आदेशलगत्तै रवि लामिछाने पक्राउ


नेपाली लिङ्क
अप्रिल ४, २०२५
काठमाडौं- उच्च अदालतले थुनामा पठाउने आदेश दिएलगत्तै रास्वपा सभापति रवि लामिछाने पक्राउ परेका छन्।
उच्च अदालतले आदेश दिएको केहीबेरमै शुक्रबार साँझ प्रहरी बुढानिलकण्ठस्थित उनको निवास पुगेर पक्राउ गरेको हो।
लामिछानेले आफू अहिल्यै गिरफ्तारी दिन तयार रहेको उल्लेख गरेको केही समयमै प्रहरीले नियन्त्रण गरेको हो ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै थुनामा पठाउने आदेश गरेको थियो ।
आदेश प्राप्त भएलगत्तै प्रहरीको केन्द्रीय अनुन्धान ब्युरो (सीआईबी) का एसएसपी होबिन्द्र बोगटी नेतृत्वको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। अब उनलाई शनिबार रुपन्देही लैजाने तयारी छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
मार्च १५, २०२५
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५