ओलीले निकालेका डा. रावल वैकल्पिक शक्ति निर्माणमा


काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावलले देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने भएका छन् ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रावलले वैकल्पिक राजनीतिक शक्ति निर्माणको घोषणा गरेका हुन् ।
अभियान पूर्ण भएपछि त्यसलाई नै पार्टीको रूपमा विकासित गर्ने उनको भनाइ छ ।
एमाले अध्यक्ष केपी ओलीको स्वेच्छाचारी, निरंशुक र तानाशाही निर्णय र कामविरुद्ध तथा राष्ट्र र जनताको हित रक्षा र समृद्धिका लागि मातृभूमि जागरण अभियानका साथ देशभक्तिपूर्ण शक्ति निर्माण गर्ने उनले बताएका छन् ।
रावलले पार्टीले साधारण सदस्यसमेत नरहने गरी आफूमाथि गरेको कारबाही दलको विधान, विधि र प्रक्रियाअनुरूप नरहेको बताए ।
एमाले सचिवालय बैठकले उनलाई पुस १० गते साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्कासन गरेको थियो । एमालेमा रहँदा उनले सरकारको उपप्रधानमन्त्री, पर्यटन तथा नागरिक उड्डयन, गृह र रक्षामन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर पाएका थिए ।
पार्टीभित्र आफूलाई राष्ट्रवादी नेता भन्न रुचाउने डा. रावल पार्टीको ११ औँ महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी थिए ।
वि.सं. २०३२ मा सदस्य लिएपछि देश, जनता, स्वाभिमान र सिद्धान्तप्रति इमानदार भई पार्टीभित्र जिम्मेवारी सम्हाल्दै आएको र यस क्रममा धेरै चुनौती सामना गर्नुपरेको उनले बताए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
- १
- २
- ३
- ४
- ५