बिहीबार, जेठ ३, २०८१
00:47 | ०५:३२

इलाममा भारी मतकासाथ नेम्वाङको अग्रता

निर्वाचन विशेष

नेपाली लिङ्क अप्रिल २९, २०२४

काठमाडौं । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणनाकाको पछिल्लो परिणाम अनुसार  नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले भारी मतकासाथ अग्रता कायम गरेका छन् ।

उनलाई नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले पछ्याइरहेका छन् । खड्का भन्दा नेम्वाङ ४ हजार ६८३ मतले अगाडि छन् ।

प्राप्त पछिल्लो परिणाम अनुसार नेम्वाङले १३ हजार ६९ मत प्राप्त गर्दा  खड्काले ८ हजार ३८६ मतकासाथ  पछ्याइरहेका छन् ।

यसैगरी  स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ८ हजार ९८ मत ल्याएका छन् भने रास्वपाका उम्मेदवार मिलन लिम्बूले १हजार ७१३ मत ल्याएका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू