काठमाडौंको बेलायती दूतावासमा तमु धीं यूके टीमको भेटवार्ता

काठमाडौं- तमु धीं यूके अध्यक्ष जुमकाजी गुरुङसहितको टीमले नेपालस्थित बेलायती दूतावासका राजनीतिक मामिला प्रमुख जेम्स टुलसँग भेटवार्ता गरेको छ।
१० दिने नेपाल भ्रमणको अन्तिम दिन साँझ ५ बजे बेलायती दूतावासमा भएको भेटमा तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङले संस्थाको परिचय, गतिविधि तथा बेलायतमा नेपाली समुदायका लागि गर्दै आएको कामबारे जानकारी गराएका थिए।
भेटका क्रममा जेम्स टुलले तमु धीं यूकेले गर्दै आएको सामाजिक तथा सामुदायिक कार्यप्रति खुशी व्यक्त गरे। उनले बेलायत सरकारले नेपाली डायस्पोरासँग थप सहकार्य र संलग्नता बढाउने योजना अघि बढाइरहेको जानकारी गराउँदै तमु धीं यूकेका गतिविधिबारे बेलायती विदेशमन्त्रीलाई समेत जानकारी गराउने बताए।
टुलले आगामी फेब्रुअरी २०२७ मा तमु धीं यूकेले आयोजना गर्ने नेपाल भ्रमणमा आफू पनि सहभागी हुन सक्ने सम्भावना रहेको बताएका थिए।
भेटवार्तापछि दूतावासका तर्फबाट तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, उपाध्यक्ष कमल गुरुङ, महासचिव डा. विशाल गुरुङ, सचिव विमल गुरुङ, आमा समूहकी अध्यक्ष कमला देवी गुरुङ तथा पत्रकार डण्ड गुरुङलाई बेलायती दूतावासको भ्रमण गराइएको थियो।
भेटका क्रममा नेपाल र बेलायतबीचको सम्बन्ध, नेपाली डायस्पोराको भूमिका तथा आगामी दिनमा हुन सक्ने सहकार्यका विषयमा समेत विचार आदानप्रदान भएको थियो।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


