मंगलबार, २९ सेप्टेम्बर, २०२६
17:23 | २२:०८

ग्रीनवीच ममीज फोरमले पठायो बाढीपीडितलाई आर्थिक सहयोग

नेपाली लिङ्क सेप्टेम्बर २९, २०२६

लन्डन। साउथ इष्ट लन्डनस्थित ‘ग्रीनवीच ममीज फोरम’ ले नेपालका बाढीपीडितका लागि ११७४ पाउन्ड (करिब २ लाख ३८ हजार रुपैंया ) आर्थिक सहयोग गरेको छ।

फोरमले उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत नेपाल पठाइसकिएको जनाएको छ।

फोरमकी अध्यक्ष तथा काउन्सिलर गौमाया गुरुङका अनुसार सहयोग रकम फोरमका सदस्यहरू तथा स्थानीय समुदायबाट संकलन गरिएको हो।

सहयोगका लागि अध्यक्ष गुरुङले फोरमका सम्पूर्ण सदस्य तथा दाताहरूलाई धन्यवाद दिएकी छन्। उनले सहयोग रकम ठूलो नभए पनि बाढीपीडितप्रतिको ऐक्यवद्धता र सहानुभूति व्यक्त गर्ने कोशिश गरिएको बताइन्।

“रकम ठूलो नहुन सक्छ, तर यो पीडितहरूप्रतिको हाम्रो ऐक्यवद्धता र सहानुभूति हो। यो सहयोग सही व्यक्तिसम्म पुग्नेछ भन्ने हाम्रो आशा छ,” काउन्सिलर गुरुङले भनिन्।

ग्रीनवीच ममीज फोरमले ग्रीनवीच र बेक्सली क्षेत्रमा रहेका नेपाली महिला तथा बालबालिकाको ‘वेलबिइङ’ तथा नेपाली संस्कृति र पहिचानको प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम तथा गतिविधि सञ्चालन गर्दै आएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू