मंगलबार, वैशाख १८, २०८१
08:38 | १३:२३

छुट्टिए गायक निशान र मोडेल ॠचा

नेपाली लिङ्क अप्रिल ८, २०२४

काठमाडौं- गायक निशान भट्टराई र मोडल ऋचा न्यौपाने वैवाहिक सन्बन्धबाट अलग भएका छन्। चैत ७ गते काभ्रे जिल्ला अदालतमा उनीहरूले संयुक्त निवेदन दिएर सम्बन्धविच्छेद गरेका हुन्।

काभ्रे जिल्ला अदालतकी सूचना अधिकारीका अनुसार ॠचाले कुनै अंश नलिई सम्बन्धविच्छेद भएको हो। मोडल न्यौपाने काभ्रेको धुलिखेल-७ निवासी हुन्।

दुई वर्षको प्रेमपछि निशान र ऋचाले २०७७ सालमा ‘कोर्ट म्यारिज’ गरेका थिए । निशान नेपाल आइडलमा फर्स्ट रनर अप भएपछि उनीहरूको बिहे भएको थियो ।

गत वर्ष पनि यो जोडीको सम्बन्धमा खटपटको चर्चा चलेको थियो । दुवैले एक–अर्कालाई सामाजिक सञ्जालबाट ‘अनफलो’ गरेका थिए । तर, उनीहरूले आफ्नो सम्बन्धबारे केही बताएका थिएनन् ।

निशान अहिलेका चर्चित गायकमा पर्छन् । उनको एउटा गीतमा ऋचाले पनि मोडलिङ गरेकी छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू