मंगलबार, वैशाख १८, २०८१
04:34 | ०९:१९

गायक रवि ओडविरुद्ध पक्राउ पूर्जी जारी, पत्नीबाटै बलात्कारको जाहेरी

नेपाली लिङ्क अप्रिल ५, २०२४


काठमाडौं- नेपाल आइडल सिजन-२ का विजेता गायक रवि ओडविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। उनीविरुद्ध उनकै पत्नीले जाहेरी दिएपछि पक्राउ पूर्जी जारी भएको हो।

आफूमाथि वैवाहिक बलात्कार गरेको भन्दै ओडकी पत्नीले कञ्चनपुर इलाका प्रहरी कार्यालय झलारीमा गत चैत २० गते जाहेरी दिएकी हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार ओडविरुद्ध अदालतबाट पक्राउ पूर्जी समेत जारी भइसकेको छ।

ओडको घर कृष्णपुर नगरपालिका, गुलरिया हो। उनी हाल कार्यक्रमका लागि जापानमा छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू