शनिबार, साउन १२, २०८१
06:04 | १०:४९

लन्डनमा हराए नेपाली विद्यार्थी, खोजी गरिदिन परिवारको अपिल

नेपाली लिङ्क डिसेम्बर ११, २०२३

अपडेट: लन्डनमा सम्पर्कविहिन  नेपाली विद्यार्थी सकुशल भेटिए 

लन्डन । लन्डनस्थित ‘युनिभर्सिटी अफ वेष्ट लन्डन’ मा अध्ययनरत २३ वर्षीय नेपाली विद्यार्थी सुदीप भुषाल सम्पर्कविहीन भएका छन् ।

केही सातादेखि हराइरहेकाले खोजी गरिदिन परिवार र उनी अध्ययनरत विश्वविद्यालयको नेपाली समाजले आग्रह गरेका छन् ।

साइबर सेक्यूरिटी विषय अध्ययनरत भुषाल परिवारसंग गत १५ नोभेम्बर यता सम्पर्कविहीन छन् ।

सुदीपकी दिदी सुष्मिता भुषालले अनेक तरिका अपनाउंदा पनि भाइ नभेटिएकामा चिन्ता व्यक्त गर्दै खोजीका लागि बेलायतको नेपाली समुदायमा अपिल गरेकी छन् ।

उक्त विश्वविद्यालयको नेपलिज सोसाइटीकी अध्यक्ष नमिरा श्रेष्ठले पनि खोजीका लागि सबैमा अपिल गरेकी छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू