शनिबार, साउन १२, २०८१
06:53 | ११:३८

लन्डनमा सम्पर्कविहीन नेपाली विद्यार्थी सकुशल भेटिए

नेपाली लिङ्क डिसेम्बर १२, २०२३

लन्डन । लन्डनमा केही सातादेखि सम्पर्कविहीन नेपाली विद्यार्थी सकुशल सम्पर्कमा आएका छन् ।  

गत नोभेम्बर १५ देखि हराइरहेका ठानिएका लन्डनस्थित ‘युनिभर्सिटी अफ वेष्ट लन्डन’ मा अध्ययनरत २३ वर्षीय सुदीप भुषाल सम्पर्कमा आएका हुन् ।

उक्त विश्वविद्यालयको नेपलिज सोसाइटीका उपाध्यक्ष रोज वैद्यका अनुसार सुदीप यसअघि बस्दै आएको ठाउँबाट अन्तै सरेका र कसैसँग सम्पर्क नगरेका पाइएको छ ।  

‘उहां पहिला बसेको सर्रेबाट लन्डनतिर ‘मुभ’ हुनुभएको रहेछ। परिवारलाई पहिले नै बताएपनि पछि कुनै खबर नगरेका कारण खोजी गरिएको हो’, उनले भने ।  

विश्वविद्यालयको नेपलिज सोसाइटीका सदस्यहरु आजै भुषाललाई भेट्न् जान लागेको पनि उनले बताए।  

यसअघि भुषाल केही सातादेखि हराइरहेकाले खोजी गरिदिन भन्दै परिवार र उनी अध्ययनरत विश्वविद्यालयको नेपाली समाजले आग्रह गरेका थिए ।

एनआरएनए यूकेले पनि सुदीपको खोजीका लागि पहल थालेको थियो । मंगलबार बिहान युनिभर्सिटी अफ वेष्ट लन्डन नेपलिज सोसाइटीकी अध्यक्ष नमिरा श्रेष्ठले आफुलाई फोन गरेर उनी सकुशल भेटिएको जनाएको अध्यक्ष प्रेम गाहामगरले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू