शनिबार, साउन १२, २०८१
03:17 | ०८:०२

एनआरएनए अध्यक्ष डा. केसीको टिमले भेट्यो परराष्ट्रमन्त्री साउद

नेपाली लिङ्क अक्टोबर २८, २०२३

काठमाडौं । परराष्ट्र मन्त्री एनपी साउद र गैरआवासीय नेपाली संघको प्रतिनिधिमण्डलबीच छलफल भएको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा शनिवार विहान मन्त्री साउद निवास पुगेको प्रतिनिधिमण्डलले गैरआवासीय नेपाली संघको ११ औं महाधिवेसनपछि उत्पन्न परिस्थितिबारे मन्त्रीलाई जानकारी गराएको थियो । 

भेटमा मन्त्री साउदले गैरआवासीय नेपाली संघको हालै सम्पन्न निर्वाचनको मत परिणामलाई आफूले सकारात्मक रुपमा लिएको बताएका थिए ।

उनले आफू लामो समयदेखि लोकतन्त्रका लागि लडेको व्यक्ति भएकाले पनि लोकतान्त्रिक प्रकृयाविरुद्ध नजाने प्रतिवद्धता जनाएको एक सहभागीले बताए । 

मन्त्री साउदले गैरआवासीय नेपाली संघको अभियान जुन उदेश्यले स्थापना भएको थियो त्यही अनुरुप अघि बढ्न नसकेको भन्दै गुनासो पनि गरेका थिए । 

भेटमा गैरआवासीय नेपाली संघका अध्यक्ष डा. केसीले निर्वाचनमा आएका असन्तुष्टीहरु सम्बोधन गरेर आफू अघि बढ्न तयार रहेको बताए। 

डा. केसीले संघको निर्वाचनमा धाँधली भयो भनेर बाहिर हल्ला गरिए जस्तो अनियमितता नभएको जानकारी दिंदै निर्वाचन प्रकृयासंग जोडिएका सबै कागजातहरु समेत हस्तान्तरण गरेका थिए । 

मन्त्री साउदले परराष्ट्र मन्त्रालय प्रचलित कानून र नियमअनुरुप अघि बढ्ने भएको हुँदा नवनिर्वाचित कार्यसमितिलाई विधान अनुरुप संस्था संचालन गर्न सुझाव दिए । 

मन्त्रीसंगको भेटमा गैरआवासीय नेपाली संघका संस्थापक भिम उदास लगायत संघका एक दर्जन पदाधिकारीको सहभागिता थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू