शुक्रबार, वैशाख २१, २०८१
07:02 | ११:४७

इ-क्याबले ल्यायो नयाँ सुविधा: विदेशबाटै ट्याक्सी बुक गर्न सकिने

नेपाली लिङ्क सेप्टेम्बर १६, २०२३


लन्डन- बेलायतसहित डायस्पोराका नेपाली व्यवसायीहरुको लगानीमा सञ्चालित इ-क्याब नेपालले आफ्नो ट्याक्सी सेवामा एक आकर्षक नयाँ सुविधा थप गरेको छ।

दशैं, तिहार जस्ता महान नेपाली चाडपर्वको मुखैमा इ-क्याबले विदेशबाटै ट्याक्सी बुक गर्न मिल्ने सुविधा थप गरेको हो।

कम्पनीका एक निर्देशक एवम् बेलायतस्थित व्यवसायी सन्तोष मण्डलका अनुसार बेलायत, अमेरिका, कतार, साउदी अरेबिया, मलेसिया, अष्ट्रेलियासहितका मुलुकबाट बुकिङ गर्न सकिनेछ।  

नेपाल भ्रमण गर्ने यात्रुहरुले विदेशबाट उड्नुअघि नै ट्याक्सी बुक गर्न सक्ने र उनीहरु काठमाडौं एयरपोर्ट पुग्दा ट्याक्सी सेवामा तयार रहने उनले जनाए।  

विदेशबाटै ट्याक्सी बुकिङका लागि इ-क्याब नेपालको एप डाउनलोड गरी आफ्नो आवश्यकताअनुसारको मिति  र समयमा बुक गर्न सकिने जनाइएको छ। यो सुविधाका लागि यात्रुलाई कुनै पनि अतिरिक्त शुल्क नलाग्ने कम्पनीले स्पष्ट पारेको छ।  

विदेशबाट जाने कयौं यात्रुहरुले काठमाडौँ एयरपोर्ट पुग्दा समयमा ट्याक्सी नपाउने, शुल्क चर्को पर्ने वा ठगिनेजस्ता सास्ती व्यहोर्दै आएकाले विदेशबाटै बुक गर्न मिल्ने सुविधा ल्याइएको इ-क्याब नेपालका अर्का निर्देशक दीपक श्रेष्ठले बताए।  

गुगल प्ले र एप्पल स्टोरमा गएर ECab Nepal को एप डाउनलोड गर्न सकिनेछ।

डेढ वर्षअघि शुरु गरिएको इ-क्याब नेपालमा अहिले सयौं ट्याक्सी ड्राइभर र मोटरसाइकल चालकहरु आबद्ध भइसकेका छन्।

प्रतिस्पर्धात्मक बजारमा सस्तो शुल्क र भरपर्दो सेवा दिइरहेको कम्पनी छोटो समयमै लोकप्रिय बन्दै गएको छ।

इ-क्याब नेपालमा एनआरएन व्यवसायीहरु दीपक श्रेष्ठ, सन्तोष मण्डल, रब विक, सजनी लामा र सविन महर्जनसहितको लगानी छ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू