शनिबार, साउन १२, २०८१
11:34 | १६:१९

गाहामगरलाई वार्ताको टेबलमा आउन एनआरएनए यूके अध्यक्ष खड्काको अपिल

नेपाली लिङ्क जुलाइ १२, २०२३

लण्डन- गैर आवासीय नेपाली संघ यूके अध्यक्ष सुनिलबाबु खड्काले समानान्तर संस्था चलाइरहेका प्रेम गाहामगरलाई वार्ताको टेबलमा आउन अपिल गरेका छन् । संघको ११ औं राष्ट्रिय महाअधिवेशनको पूर्व सन्ध्यामा खड्काले एकताका लागि आफू हदैसम्म लचिलो हुन तयार भएको उल्लेख गर्दै गाहामगरलाई वार्तामा आउन अपिल गरेका हुन् । 

एनआरएनए यूकेको आउंदो २२ जुलाईमा अनलाइन मतदान तयारी छ । त्यो भन्दा अगाडि १६ जुलाईमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यमा ११ औं राष्ट्रिय महाअधिवेशन हुँदैछ ।  

‘प्रेमजी वार्तामा आउनुस् । महाअधिवेशन तपाईंले गरे पनि मलाई समस्या छैन’- खड्काले भने, ‘म सहमति र मेलमिलापकै पक्षधर हुँ । आउनुस् सहमति गरेर बेलायतको नेपाली समुदाय थप विखन्डन हुनबाट जोगाउँ । नेपालीलाई एकै सुत्रमा जोड्ने दायित्व तपाईं हामीमा आएको छ ।’ 

आफूले भत्केको घर सम्हालेर मर्मत गरेको प्रस्ट पार्दै अध्यक्ष खड्काले भने, ‘हामीबीच केही मतभेद भए होलान् । प्रक्रियामा जिम्मेवारी फरक फरक भयो होला । तर तपाईं (प्रेम गाहामगर) अब घर छोडेर नहिंड्नुस् । एकै ठाउँमा मिलेर काम गरौं ।’

गैर आवासीय नेपाली संघ यूके अध्यक्ष खड्काले महाअधिवेशनपछि आफूले चाहेर पनि कतिपय कुरा सम्भव नहुने बताए । समाज र राष्ट्रलाई केही दिन नै आफू एनआरएन अभियानमा लागेको उनले प्रस्ट्याए ।

‘व्यक्तिगत स्वार्थ वा फाइदाका लागि नभइ विधान अनुरुप नेतृत्व लिनुपर्ने परिस्थितिलाई मैले स्वीकारेको हुँ । कसैलाई पाखा लगाउने मेरो उद्देश्य कहिल्यै रहेन’- खड्काले भने, ‘अब प्रेमजी पनि सहमतिको वाधक नबनी आउनुभयो भने म तयार छु, समझदारी गरेर एकताको महाअधिवेशन गरौं ।’

आफूले प्रेम गाहालाई वार्तामा ल्याउन विभिन्न सामाजिक व्यक्तिहरुलाई समेत आग्रह गरेको उनले बताएका छन् । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू