शनिबार, जेठ ५, २०८१
13:17 | १८:०२

शृङ्खलाबद्ध गोलीकाण्डमा मिसिसिपीमा छ जनाको मृत्यु   

रासस- एएनआई फ्रेब्रवरी १८, २०२३

मिसिसिपी, ६ फागुन–मिसिसिपीको टेट काउन्टीमा शुक्रबार भएको शृङ्खलाबद्ध गोलीकाण्डमा कम्तीमा छ जनाको निधन भएको सीएनएनले उल्लेख गरेको छ।
घटनामा संलग्न रहेको आशङ्कामा एकजनालाई नियन्त्रणमा लिइएको पनि स्थानीय अधिकारीले बताएका छन् ।

सो घटना अर्काबुतला समुदायमा भएको थियो । टेट काउन्टी शेरिफ ब्राड लान्सले दिएको जानकारी अनुसार एउटा घटना अर्काबुतला रोडको स्टोर भित्र भएको थियो र सो घटनामा एक व्यक्तिलाई गोली हानिएको थियो।

त्यसैगरी अर्काबुतला बाँध रोडमा रहेको घरभित्रै एक महिलाको पनि हत्या भएको र उनका श्रीमान् पनि घाइते भएको पाइएको छ ।

अर्काबुतला बाँध रोडमा एक सवारी साधनभित्र संदिग्ध व्यक्ति देकिएपछि टेट काउन्टीका प्रतिनिधिहरूले उनलाई नियन्त्रणमा लिएका छन् । उनको गिरफ्तारीपछि मारिएका थप अन्य चार व्यक्तिहरू फेला परेका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले सो हिंसामा मारिएकाहरूप्रति शोक व्यक्त गरेका छन् । साथै राष्ट्रपति बाइडेनले बन्दुकसम्बन्धी कानूनमा सुधारको आवश्यकता समेत औल्यांएका छन् । घटनाबारे अनुसन्धान जारी रहेकाले विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू