शनिबार, जेठ ५, २०८१
14:15 | १९:००

एयरबसलाई सन् २०२२ मा चार अर्ब बीस करोड युरो नाफा

रासस-एएफपी फ्रेब्रवरी १६, २०२३

टूलूस । युरोपेली विमान निर्माता कम्पनी एयरबसले आपूर्ति शृङ्खलाको समस्याका कारण उत्पादन बढाउने क्षमतामा कमी आए पनि सन् २०२२ को नाफा कीर्तिमानी स्तरमा पुगेको जनाएको छ ।

एयरबसले गत वर्ष ६६१ वटा विमान ग्राहकलाई हस्तान्तरण गर्ने योजना बनाए पनि खुद नाफा एक प्रतिशतले बढेर चार अर्ब २० करोड युरो (चार अर्ब ५० करोड अमेरिकी डलर) पुगेको छ ।

महामारीको समयमा यात्रा प्रतिबन्धका कारण अधिकांश उडानहरू रोक्न बाध्य भएका समय एयरबसले उत्पादन कटौती गरेको थियो ।

कम्पनीले चाँडै महामारीका समय परेको आर्थिक बोझलाई सन्तुलित गर्ने विश्वास गरेको छ । विश्वभर यातायात सेवामा सुधार भइरहेको र एयरलाइन्सले उच्च इन्धनको मूल्यलाई ध्यानमा राख्दै इन्धन–कुशल विमानको खरिद बढाउन खोजिरहेको छ ।

एयरबसका प्रमुख कार्यकारी गुइलाउम फाउरीले भने, ‘प्रतिकूल सञ्चालन वातावरणका बावजुद हामीले हाम्रो आपूर्ति श्रृङ्खलालाई हामीले अपेक्षा गरेको गतिमा सुधार गर्नबाट रोकेको र ठोस वित्तीय विश्वास प्रदान गरेका छौं ।’

एयरबससँग १० हजारभन्दा बढी आपूर्तिकर्ताहरू छन् । जसमध्ये केहीलाई महामारीको समयमा कर्मचारीहरू छोडेपछि उत्पादन बढाउन समस्या भएको थियो ।

कच्चा माल प्राप्त गर्न बाधा भएको र युक्रेनको रूसी आक्रमण पनि आर्थिक जटिलताको कारक बनेकको कम्पनीले जनाएको छ ।

“सुरुमा योजना गरिएको भन्दा कम व्यावसायिक विमान डेलिभरी भएपछि कम्पनीले आफ्नो सञ्चालनलाई सोही अनुसार समायोजन गर्नुपरेको छ,” उनले बताए ।

एयरबसले सन् २०२३ मा ७२० वटा विमान बजारमा ल्याउने लक्ष्य राखेको छ ।

विमान कम्पनीको बिक्री १३ प्रतिशत बढेर ५८.९ बिलियन यूरो पुगेको छ । यसले गत वर्ष अमेरिकी डलरको शक्र्ति वितरित विमानहरूको सङ्ख्या वृद्धिलाई प्रतिबिम्बित गर्दछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू