बुधबार, वैशाख १२, २०८१
21:04 | ०१:४९

मिस नेपालको आवेदन खुला

रासस फ्रेब्रवरी २, २०२३

द हिडन ट्रेजरले मिस नेपाल– २०२३ को आवेदन खुला गरेको बारे पत्रकार सम्मेलनमा मिस नेपाल –२०२२ की प्रियङका रानी जोशीले आˆनो मन्तव्य राख्दै । तस्बिर-किरणराज विष्ट/रासस

काठमाडौं । मिस नेपाल २०२३ का लागि आवेदन खुला गरिएको छ । द हिडन ट्रेजरले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमार्फत नयाँ संस्करणका लागि आवेदन खुला गरेको जनाएको हो ।

प्रतियोगितामा सहभागी हुन इच्छुकले आगामी चैत १ गतेसम्म मिस नेपालको वेबसाइटमार्फत निःशुल्क आवेदन दिन सक्नेछन्  ।

प्रतियोगितामा यसअघि जस्तै मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेशनल गरी तीन मुख्य विजेताहरू हुने आयोजकले जनाएको छ ।

नयाँ संस्करणको प्रतियोगितामा सातै प्रदेशबाट प्रत्यक्ष अडिसन हुने भएको छ ।

पत्रकार सम्मेलनमा प्रतियोगितालाई फराकिलो बनाउँदै सातै प्रदेशमा अडिसन आयोजना गरिने र स्थानिय प्रतिस्पर्धीलाई समेट्ने तयारी गरिएको द हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले बताए ।

काठमाडौं अडिसन आगामी चैत ४ गते तथा इटहरी, वीरगन्ज, पोखरा, नेपालगन्ज, सुर्खेत र धनगढीलगायतमा क्षेत्रीय अडिसन आवेदन संकलन गरिएलगतै गरिने अध्यक्ष राजकर्णिकारले जानकारी दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू