मंगलबार, फागुन २२, २०८०
07:26 | १३:११

पाकिस्तान मस्जिदका आत्मघाती हमलाकारी प्रहरी पोशाकमा 

रासस-एएफपी फ्रेब्रवरी २, २०२३

उद्दारकर्ताहरु विष्फोटनका पीडितहरुको खोजी गर्दै । तस्बिर सिन्हवा

पेशावर । पाकिस्तानको एक प्रहरी मुख्यालयमा एक मस्जिदभित्र व्यक्तिको हत्या गर्ने आत्मघाती बम आक्रमणकारीले प्रहरी पोशाक र हेलमेट लगाएको एक प्रहरी प्रमुखले बिहीबार जानकारी दिएका छन् ।

‘ड्युटीमा रहेकाले ती प्रहरीलाई जाँच गरेनन् किनभने उनी प्रहरीको पोशाकमा थिए, यो सुरक्षाको कमजोरी थियो,’ खैबर पख्तुनख्वा प्रान्तका प्रहरी बलका प्रमुख मोअज्जम जाह अन्सारीले एक पत्रकार सम्मेलनमा भने ।

उत्तरपश्चिम पाकिस्तानको प्रहरी मुख्यालयस्थित मस्जिद गत सोमबार विस्फोट भएको थियो । यस विस्फोटमा परी एक सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

प्रान्तीय राजधानी पेशावरमा सोमबार दिउँसोको प्रार्थनाको समयमा आक्रमण भएको थियो । अफगान सीमासँग जोडिएका क्षेत्रमा आक्रमणका घटना लगातार बढिरहेको छ ।

मृतकमध्ये ९० प्रतिशतभन्दा बढी प्रहरी नै रहेका सहरका प्रहरी प्रमुख मुहम्मद इजाज खानले एएफपीलाई जानकारी दिएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू