बिहीबार, वैशाख १३, २०८१
06:21 | ११:०६

पाकिस्तान दुर्घटनामा ५१ को मृत्यु

रासस/एएफपी जनवरी २९, २०२३

बेला (पाकिस्तान), १५ माघ–पाकिस्तानमा आज भएका दुई बेग्लाबेग्लै यातायात दुर्घटनामा कम्तीमा ५१ जनाको मृत्यु भएको छ । पश्चिमी पाकिस्तानमा पुलबाट यात्रीबाहक एउटा बस खस्दा ४१ जना र उत्तरपश्चिमी प्रान्त खैबरपख्तुनख्वामा डुङ्गा डुब्दा दश जना विद्यार्थीको ज्यान गएको हो ।

सरकारी अधिकारीहरूका अनुसार बस दुर्घटनामा ज्यान गुमाएका ४० जनाका क्षतविक्षत भएका शव दुर्घटनास्थलबाट निकालिएको छ भने डुङ्गा डुब्दा सात देखि १४ वर्षका स्कूले केटाकेटीको मृत्यु भएको छ । दुर्घटनाग्रस्त बसमा ४१ जना यात्री थिए । घाइते भएका दुई जनाको अवस्था गम्भीर छ ।

बसका चालक निदाएकाले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू