शुक्रबार, वैशाख ७, २०८१
08:16 | १३:०१

नाइजेरियाका नेपालीले गरे छैटौं पटक रक्तदान

नेपाली लिङ्क जनवरी २२, २०२३

लागोस । गैरआवासीय नेपाली संघ नाइजेरिया, नेपाली रक्तदाता संघ नाइजेरिया, केरला समाज नाइजेरिया र रोटरी क्लब अफ लागोस पाम-ग्रोभको संयुक्त आयोजनामा लागोसको इलेपेजुको हिन्दू मन्दिरमा रक्तदान कार्यक्रम भएको छ ।

एनआरएनए नाइजेरियाका अध्यक्ष बिरेन्द्र गुप्ता, भिम थापा, खुश्बु अर्याल, बिदुर घिमिरे, राजु धिताल, विशाल रानाभाट, रमेश गुप्ता, सुरज गिरी, शंकर वर्मा, प्रशान्त चन्द लगायत करिब पांच दर्जनले रक्तदान गरेका छन् ।

उक्त कार्यक्रमको प्राविधिक संयोजन लागोस राज्य सरकारको रक्त संचार केन्द्रले गरेको थियो । रक्तदाताहरुलाई गैरआवासीय नेपाली संघका पूर्व कोषाध्यक्ष हिक्मत थापा लगायतत अतिथिहरुले प्रमाणपत्र वितरण गरेका थिए ।

संघको सहभागितामा लागोसमा सम्पन्न यो छैठो रक्तदान कार्यक्रम हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू