शुक्रबार, चैत १६, २०८०
04:37 | १०:२२

कोलम्बिया सरकार र विद्रोही समूहबीच शान्तिवार्ता हुने

रासस/सिन्ह्वा जनवरी २२, २०२३

कराकस, ८ माघ–कोलम्बियाको सरकार र यहाँका विद्रोही समूहबीच आगामी महिना शान्ति वार्ता हुने भएको छ । कोलम्बिया सरकारले शनिबार यससम्बन्धी जानकारी गराएको हो ।

सरकारले विद्रोही समूह नेशनल लिबरेसन आर्मी (इएलएन) सँग शान्ति वार्ताका लागि पहल गरेको र आगामी महिना नै सो वार्ता हुने सूचना कोलम्बियाली सरकारले दिएको छ ।

शनिबार विद्राही समूह र सरकारी वार्ता टोलीबीच सो सहमति भएको हो । सरकारी वार्ता टोलीका प्रमुख ओटी प्याटिनोले सरकार र विद्रोही समूहका वार्ता टोली सदस्यबीच शनिबार वार्ता भएको र सो वार्तामा आगामी महिना शान्ति वार्ता हुने जानकारी दिए ।

उनले अबको वार्ता दोस्रो चरणको हो भन्दै यसबाट देशमा शान्ति स्थापनाका लागि सहयोग पुग्ने बताए । अबको वार्तामा सरकारी पक्ष पनि आशावादी भएको र दुवै पक्ष सहमतिको नजिक पुग्ने सम्भावना धेरै रहेको पनि उनले बताए ।

शनिबारको वार्ताका क्रममा दुवै पक्षका बीचमा धेरै कुरामा समझ्दारी भएको र आगामी केही दिनमा नै युद्धविरामको पनि सहमति हुने उनले बताए ।

यहाँको सरकारले यहाँ दशकौँसम्म जारी रहेको हिंसाको अन्त्यका लागि शान्ति वार्ताका माध्यमबाट अधिकतम प्रयास गर्ने बताएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू