शुक्रबार, वैशाख १४, २०८१
00:18 | ०५:०३

जापानमा कोभिडलाई मौसमी इन्फ्लुएन्जाको श्रेणीमा झार्ने तयारी  

रासस-एएनआई जनवरी २२, २०२३

टोकियो, ८ माघ -जापानका प्रधानमन्त्री फुमियो किशिदाले देशले ‘कोभिड–१९’ लाई मौसमी इन्फ्लुएन्जाको श्रेणीमा झार्ने विचार गरिएको जानकारी दिएका छन् ।
किशिदाले यस कदमको नतिजा हेर्न आफ्नो प्रशासन र स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको सीएनएन समाचार समितिले जनाएको छ ।

जापानमा अझै पनि प्रति दिन एक लाख कोरोनाभाइरस संक्रमणहरु देखा पर्ने गरेको सीएनएनले जनाएको छ ।

जापानमा हाल कोभिडलाई दोस्रो श्रेणी दिइएको छ । यस श्रेणी क्षयरोग र एभियन इन्फ्लुएन्जा बराबर छ । यसबाहेक, अधिकारीहरूले यसलाई मौसमी इन्फ्लुएन्जाको बराबरीमा पाँचौं स्थानमा राख्ने योजना बनाएका सीएनएनले जापानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै जानकारी दिएको छ ।

‘कोरोनासँग जीवन बिताउने प्रयासलाई अगाडि बढाउन र जापानलाई सामान्य अवस्थामा पु¥याउनको लागि, हामी हालसम्मका विभिन्न नीति र उपायहरूलाई चरणबद्ध रूपमा परिवर्तन गर्नेछौं,’ किशिदाले भनेका छन् ।

गत वर्षको अक्टोबरमा जापानले गत वर्षदेखि बन्द रहेका आफ्ना सिमाना विदेशीका लागि पुनः खोलेको थियो । सीएनएनका अनुसार यसले विश्वको सबैभन्दा कडा सीमा नियन्त्रणको अन्त्य गरेको थियो ।

कोभिड–१९ बाट मृत्यु हुने वा अस्पताल भर्ना हुने जोखिम धेरैजसो मानिसहरूको उच्च स्तरको खोप र अघिल्लो सङ्क्रमणबाट जनसङ्ख्याको प्रतिरोधात्मक क्षमताका कारण धेरै कम भएको संयुक्त राज्य अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडिसी) ले जनाएको छ ।

अर्कोतर्फ, विश्व स्वास्थ्य संगठनले अझै पनि कोभिडलाई महामारीको रूपमा गणना गर्दछ र आफ्नो पछिल्लो अपडेटमा कोभिड–१९ सँगको सम्पर्कमा आएका वा नजिकको सम्पर्कमा आएका मानिसहरूलाई मास्क लगाउन सिफारिस गरेको र भीडभाड, घेरिएको ठाउंमा वा कमजोर भएका जो कोहीलाई पनि मास्क लगाउन सिफारिस गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू