शनिबार, वैशाख ८, २०८१
06:16 | ११:०१

मध्य आकाशमा मदिराले मातेर वृद्धामाथि पिसाब गर्दा ४० लाख जरिवाना

रासस/एएफपी जनवरी २१, २०२३

नयांदिल्ली । भारतको नागरिक उड्डयन प्राधिकरणले मदिराले मातेका एकजना यात्रीले ७२ वर्षीया महिलामाथि मध्य आकाशमा पिसाब फेरेको घटनालाई लिएर एयर इन्डियालाई करिब रु ४० लाख जरिवाना गराएको छ ।

गत नोभम्बर २६ मा न्यूयोर्कबाट एयर इन्डियाको विमानमा नयाँदिल्ली आउँदा अमेरिकी ब्यांकर भारतीय नागरिक शंकर मिश्राले महिलामाथि गरेको दुव्र्यवहारविरुद्ध एयर इन्डियाले कारबाही नगरेकाले नागरिक उड्डयन प्राधिकरणले उक्त जरिवाना गराएको हो ।

नयाँदिल्ली विमानस्थलमा सामान्य यात्रुलाई झैँ अभियुक्त मिश्रालाई विनाकारबाही प्रस्थान गर्न दिएकामा आपत्ति जनाउँदै एयर इन्डियाका उड्डयन प्रबन्धकलाई भारु तीन लाख बेग्लै जरिवाना गराइएको छ ।

त्यसैगरी उक्त विमानका एकजना चालकलाई तीन महिनासम्म उडानमा प्रतिबन्ध लगाइएको छ । मिश्राबाट भएको उक्त निन्दनीय कार्यको भारतका साथै विश्वव्यापी रुपमा चर्को आलोचना भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू