शनिबार, वैशाख २२, २०८१
10:26 | १५:११

हेलिकप्टर दुर्घटनामा गृहमन्त्रीसहित १६ को मृत्यु

रासस -एएफपी जनवरी १८, २०२३

किएभ, ४ माघ–राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशाला नजिक बुधबार भएको हेलिकप्टर दुर्घटनमा परी युक्रेनका गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना बालबालिका पनि मारिएका अधिकारीहरूले बताएका छन् ।

अनलाइनमा पोष्ट गरिएको एउटा भिडियोमा आगो लागेको देखिन्छ भने रुवाबासी भएको आवाज सुनिन्छ । दुर्घटनाका सम्बन्धमा तत्काल थप विवरण प्राप्त भएको छैन ।

राष्ट्रिय प्रहरी प्रमुख इगोर क्लेइमन्कोले अहिलेसम्म १६ जनाको ज्यान गएको जानकारी प्राप्त भएको बताएका छन् । गृहमन्त्रालयका कैयौँ उच्च अधिकारी, गृहमन्त्री डेनिस मोनास्ट्रास्के र उनका उपमन्त्रीको ज्यान गएको छ ।

४२ वर्षीय गृहमन्त्री मोनास्ट्रास्के दुई सन्तानका पिता हुन् । उनी दुई वर्षअघि गृहमन्त्री नियुक्त भएका थिए । १० जना बालबालिकासहित २२ जनालाई अस्पताल भर्ना गरिएको छ ।
दुर्घटनाका बेला शिशु पाठशालामा कर्मचारी र बालबालिका थिए । प्रहरी र चिकित्साकर्मी दुर्घटनास्थलमा उद्धार तथा उपचारमा सक्रिय छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू