शनिबार, जेठ ५, २०८१
11:17 | १६:०२

रुस र युक्रेनबीच वार्ता गराउन टर्की इच्छुक

रासस/सिन्ह्वा जनवरी ८, २०२३

टर्कीका राष्ट्रपति आफ्ना युक्रेनी समकक्षीसंग किभमा । फाइल तस्बिर सिन्हवा

अंकारा २४ पुस–टर्कीले रुस र युक्रेनका बीचमा जारी रहेको युद्धको अन्त्य गरी शान्ति वार्ता गराउन इच्छुक रहेको जनाएको छ ।

रुस र युक्रेनबीच वार्ता गराउने सम्बन्धी कार्यका लागि टर्कीले इच्छा देखाएको र यसका लागि दुवै तर्फबाट स्थायी प्रकृतिको युद्धविराम गर्नुपर्नेमा पनि जोड दिएको जनाइएको छ ।

बिहीबार मात्र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानले उनका रुसी र युक्रेनी समकक्षीसंग फोनवार्ता पनि गरेका थिए ।

त्यस वार्ताका क्रममा पनि उनले रुस र युक्रेनका बीच हाल जारी रहेको युद्ध अन्त्यका लागि स्थायी प्रकृतिको युद्धविराम गर्नुपर्ने आग्रह गरेको उनको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा उल्लेख छ ।

फोनवार्ताका क्रममा राष्ट्रपति एर्डोगानले आफू रुस र युक्रेनबीच जारी रहेको युद्ध अन्त्यका लागि मध्यस्थता गर्न तयार रहेको बताएका थिए । उनले रुस र युक्रेन दुवैलाई स्थायी युद्धविराम गर्न आग्रह गर्दै त्यसपछि आफूले शान्ति वार्ताको मध्यस्थता गर्ने बताएका थिए ।

रुसले अघिल्लो वर्षको फेब्रुअरीदेखि युक्रेनमा हमला गरेको थियो । त्यसपछि अहिलेसम्म पनि रुसले युक्रेनका विभिन्न सहरमा हमला जारी नै राखेको बताइएको छ । शान्ति वार्ताका लागि विश्वका विभिन्न देशले आग्रह गरेपनि यी दुई देशले मानेका छैनन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू