शनिबार, जेठ ५, २०८१
13:17 | १८:०२

अमेरिकामा १५ औं चरणको मतदानपछि नयाँ सभामुख चयन

रासस–सिन्ह्वा जनवरी ७, २०२३

नवनिर्वाचित सभामुख केभिन म्याकार्थी । तस्बिर एएफपी

वासिङ्टन, २३ पुस–अमेरिकी प्रतिनिधि सभाले नयाँ सभामुख चयन गरेको छ । लामो गतिरोधपछि शनिबार बिहान कङ्ग्रेस सदस्य केभिन म्याकार्थीलाई सभामुखमा निर्वाचित गरिएको हो ।

क्यालिफोर्नियाका रिपब्लिकन म्याकार्थीले १५ औं चरणको मतदानमा सभामुख बन्न पर्याप्त मत प्राप्त गरे । यो चुनावी प्रतिस्पर्धा १६४ वर्षको अन्तरालमा भएको सबैभन्दा लामो प्रतिस्पर्धा हो ।

कट्टरपन्थी रूढीवादीहरूको समूहसँगको कडा प्रतिस्पर्धा र १४ पटककोसम्म गरिएको परिणामविहीन मतदानपछि यो नतिजा आएको हो ।

डेमोक्रयाटहरूले भने न्यूयोर्कका डेमोक्रयाट कङ्ग्रेसम्यान हकिम जेफ्रिजलाई मतदान गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू