शनिबार, जेठ ५, २०८१
11:40 | १६:२५

युक्रेन युरोपियन युनियन र नेटोमा सहभागी हुने   

रासस-सिन्ह्वा जनवरी ४, २०२३

किभ, २० पुस -युक्रेनका प्रधानमन्त्री डेनिस सामियलले सन् २०२३ मा युक्रेनले गर्ने कामहरुको प्राथमिकता तोकेका छन् । उनले युक्रेनले आगमी वर्षमा गर्ने कामहरुका १० ओटा प्राथमिकता तोकेको समाचारमा जनाइएको छ ।

ती प्राथमिकतामध्ये प्रधानमन्त्री सामियलले युक्रेन युरोपियन युनियनमा सहभागी हुने देखि लिएर नेटोको सदस्यता लिनेसम्म रहेको बताइएको छ ।
उनले आगामी वर्ष युक्रेनको विजयको वर्ष हुने पनि सो प्राथमिकतामा उल्लेख गरेका छन् ।

उनले भनेका छन्– ‘आगामी वर्ष युक्रेनको विजयको वर्ष हुनेछ, हामीले जित्नेछौँ, सन् २०२२ को विध्वंसपछिको पुनर्निमार्णका लागि हामी लाग्नेछौँ ।’

उनले रुसले गरेको आक्रमणबाट भएको क्षतिको निर्माण यसै वर्ष गरिने पनि जानकारी दिए ।

सामियलले सबैभन्दा पहिलो प्राथमिकता यहाँको सुरक्षा व्यवस्था मजबुद बनाउने रहेको भन्दै यसका लागि देशको सेनालाई सहयोग गर्ने पनि रहेको उनको भनाइ छ ।

उनले उर्जा, देशको आर्थिक क्षेत्रको विकास र विस्तार तथा युद्धमा युक्रेनका तर्फबाट लडेका योद्धाहरुलाई सम्मान गर्ने काम पनि यसै वर्षको प्राथमिकतामा रहेको बताएका छन् ।

उनले सार्वजनिक प्रशासनमा सुधार, शिक्षाको विकास र विस्तार, देशका उर्जाको विकास र विस्तार लगायतका कार्यक्रमहरु यस वर्षमा गरिने पनि बताए ।

युक्रेनमा गत फेब्रुअरी महिनादेखि रुसले निरन्तर रुपमा हमला गरिरहेको छ । हतियारका माध्यमबाटै गरेको आक्रमणले युक्रेनको राजधानी किभलगायतका कैयौँ सहरका संरचनामा क्षति पुगेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू