शनिबार, जेठ ५, २०८१
12:09 | १६:५४

युक्रेनी ड्रोन रूसी हवाई शिविरमा खस्दा तीनको मृत्यु

रासस/एएफपी डिसेम्बर २६, २०२२

फाइल तस्बिर

मस्को, ११ पुस–रूसी हवाई सुरक्षा फौजले युक्रेनको एउटा ड्रोन दक्षिणी रूसको एक हवाई शिविरनजिक पुगेपछि रूसले खसालेको रूसी समाचार संस्थाहरूले सोमबार बताएका छन् ।

उक्त घटनामा तीन जना रूसी प्राविधिकको मृत्यु भएको रूसले जनाएको छ ।

यो महिना एङ्गेल्सको शिविरमा भएको यो दोस्रो आक्रमण हो । एङ्गेल्स, दक्षिणी सारातोभ क्षेत्रमा, युक्रेनबाट ६०० किलोमिटर (३७० माइल) भन्दा बढी दूरीमा अवस्थित छ ।

“डिसेम्बर २६ मा मस्को स्थानीय समयअनुसार १:३५ बजे सारातोभ क्षेत्रमा रहेको एङ्गेल्स सैन्य एयरफिल्डनजिक पुग्ने क्रममा युक्रेनी मानवरहित हवाई यानलाई कम उचाईमा गोली हानी खसालिएको थियो,” रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रूसी समाचार संस्था ( तास) ले उल्लेख गरेको छ ।

ड्रोनको भग्नावशेष खसेपछि हवाई क्षेत्रमा रहेका तीन जना रूसी प्राविधिक सैनिकको निधन भएको जनाइएको छ ।

डिसेम्बर ५ मा मस्कोले युक्रेनी ड्रोनले एङ्गेल्स आधारशिवर र रयाजान क्षेत्रमा रहेको अर्को शिविरमा विस्फोट गराएको बताएको थियो ।

रक्षा मन्त्रालयले कुनै पनि विमानमा क्षति नपुगेको तासले जनाएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण सुरु गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू