शनिबार, जेठ ५, २०८१
13:48 | १८:३३

अमेरिकी सदनद्वारा १.७ ट्रिलियन अमेरिकी डलरको सरकारी कोष पारित

रासस–सिन्ह्वा डिसेम्बर २४, २०२२

तस्बिर एपी

वासिङ्टन, ९ पुस–अमेरिकी प्रतिनिधि सभाले शुक्रबार संघीय सरकारलाई आर्थिक सहयोग गर्ने उद्देश्यले विशेष आर्थिक प्याकेज पारित गरेको छ ।

उक्त १.७ ट्रिलियन अमेरिकी डलरको ओम्निबस बिल बिहीबार सिनेटले पारित गरेर ह्वाइट हाउस पठाइँदैछ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार उक्त प्याकेज आफ्नो डेस्कमा पुग्ने बित्तिकै हस्ताक्षर गर्ने बताएका छन् ।

एक हप्ताको निरन्तर छलफलपश्चात् चार हजार पृष्ठ लामो उक्त प्रतिवेदन अब राष्ट्रपतिको हस्ताक्षरको पर्खाइमा छ।

आर्थिक वर्ष सन् २०२३ को लागि ठूलो खर्च कानूनमा गैर–रक्षा, घरेलु कार्यक्रमका लागि ७७२.५ बिलियन डलर र रक्षा कोषमा ८५८ बिलियन डलर समावेश छ ।

यो रकम अघिल्लो वर्षको तुलनामा झण्डै १० प्रतिशतले बढेको छ।

यसले रुससँग चलिरहेको द्वन्द्वको बीच युक्रेनका लागि करिब ४५ अर्ब डलर आपतकालीन कोष पनि उपलब्ध गराउँदै छ ।

सैन्य गतिविधिमा ठूलो रकम खर्च गरेकोमा संयुक्त राज्य अमेरिकाको चर्को आलोचना भइरहेको बेला यो कोष आएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू