शुक्रबार, वैशाख ७, २०८१
04:22 | ०९:०७

पुटिनद्वारा तेल उत्पादन कटौती गर्ने चेतावनी   

रासस–एएफपी डिसेम्बर ९, २०२२

बिश्केक । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसले युक्रेन आक्रमणलाई लिएर पश्चिमी राष्ट्रहरूले आफ्नो तेल निर्यातमा ४६० मूल्य क्याप लागाउने निर्णय गरेको प्रतिक्रियामा तेलको उत्पादन घटाउन सक्ने बताएका छन् ।

‘आवश्यक भएमा हामी उत्पादनमा सम्भावित कटौतीको बारेमा विचार गर्नेछौं’, पुटिनले क्षेत्रीय शिखर सम्मेलनपछि किर्गिजस्तानको राजधानी बिश्केकमा आयोजित पत्रकार सम्मेलनमा उक्त प्रतिक्रिया दिएका छन् ।

उनले पशिचिमा राष्ट्रहरूको निर्णय मूर्खतापूर्ण रहेको समेत बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू