शनिबार, माघ १४, २०७९
00:52 | ०६:३७

मलेसियामा मन्त्रिपरिषद् विस्तार, उपप्रधानमन्त्री दुईजना

रासस–सिन्ह्वा डिसेम्बर ३, २०२२

मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम । तस्बिर एपी

क्वालालम्पुर, १७ मङ्सिर–मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले शुक्रबार आफ्नो मन्त्रिपरिषद् विस्तार गरेका छन् । देशको सबै भागलाई प्रतिनिधित्व गराउने अभिप्रायले दुईजना उपप्रधानमन्त्री नियुक्त गरेका छन् ।

एक टेलिभिजन भाषणमा प्रधानमन्त्री अन्वरले अर्थमन्त्रीको जिम्मेवारी भने आफैंले सम्हाल्ने छन् । उनले सन् १९९१ देखि १९९८ सम्म पनि सो जिम्मेवारी सम्हालेका थिए।

युनाइटेड मलेस नेसनल अर्गनाइजेसन (युएमएनओ) का अध्यक्ष अहमद जाहिद हमीदी र उत्तरी बोर्नियो राज्य सारावाकका फदिल्लाह युसुफ उपप्रधानमन्त्री तोकिएका छन् ।

प्रधानमन्त्री अन्वरले यसअघि उत्तरी बोर्नियो राज्य सबा र सारावाकलाई बढी प्रतिनिधित्व दिने वाचा गरेका थिए।

अन्य प्रमुख मन्त्रीहरूमा यातायात मन्त्रालयको प्रमुख एन्थोनी लोक सिउ फुक, अन्तरराष्ट्रिय व्यापार तथा उद्योग मन्त्री टेङ्कु जाफ्रुल टेङ्कु अब्दुल अजिज र विदेशमन्त्री जाम्ब्री अब्दुल कादिर लगायत छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू