शनिबार, वैशाख ८, २०८१
12:38 | १७:२३

अफगानिस्तानका लागि पाकिस्तानी राजदूत गोली प्रहारबाट बच्न सफल

रासस/सिन्ह्वा डिसेम्बर ३, २०२२

काबुल, १७ मङ्सिर-अफगानिस्तानका लागि पाकिस्तानी राजदूत ओबैद उर रहमान निजामानी अफगानिस्तानको राजधानी काबुलमा भएको बन्दुक आक्रमणमा जोगिएका छन् ।

स्थानीय टिभी च्यानल टोलो न्यूज टिभीले शुक्रबार जनाएअनुसार दूतावासको प्रवेशद्वारमा अज्ञात सशस्त्र व्यक्तिहरूले गोली चलाउँदा पाकिस्तानी दूतावासका एक सुरक्षा गार्ड घाइते भएको टिभी च्यानलले सामाजिक सञ्जालमा उल्लेख गरेको छ।

एक प्रत्यक्षदर्शीले नाम नछाप्ने शर्तमा सिन्ह्वालाई बताए अनुसार उनी गोली चल्ने बेला पाकिस्तानी दूतावास नजिकको क्षेत्रमा हिंड्डुल गर्दै थिए ।

यहाँको परराष्ट्र मन्त्रालयले पाकिस्तानी दूतावासमा भएको आक्रमणको निन्दा गर्दे घटनाको अनुसन्धान गर्ने बताएको छ। घटना कुन समूहले किन गरेको भन्ने अहिलेसम्म खुल्न सकेको छैन।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू