बुधबार, वैशाख ५, २०८१
00:51 | ०५:३६

‘युक्रेन युद्धले युरोप कमजोर बन्यो’

रासस/एएफपी डिसेम्बर ३, २०२२

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज (दायां) फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मरिनसंग किरीबिल्ली हाउस सिड्नीमा भेटवार्ता गर्दै । तस्बिर एएफपी

सिड्नी, १६ मङ्सिर–फिनल्याण्डका प्रधानमन्त्री सान्ना मरिनले युक्रेनविरुद्ध रूसले गरेको आक्रमणपछि युरोपको क्षमताबारे मूल्यांकन गर्दै मस्कोविरुद्ध एक्लै उभिन यूरोप पर्याप्त बलियो नभएको बताएकी छन् ।

अस्ट्रेलिया भ्रमणमा रहेकी नेटो सदस्य राष्ट्रकी नेतृले भ्लादिमिर पुटिनको आक्रमण र छिमेकी युक्रेनमाथि कब्जाले रूससँग व्यवहार गर्ने ‘युरोपेली कमजोरी र रणनीतिक भूल’ दुवैलाई उजागर गरेको बताइन् ।

“म तपाईंसँग धेरै इमानदार हुनुपर्छ, निर्ममतापूर्वक इमानदार हुनुपर्छ, युरोप अहिले पर्याप्तरूपमा शक्तिशाली छैन । हामी संयुक्त राज्य अमेरिका बिना समस्यामा पर्नेछौं,” उनले सिड्नीको लोवी इन्स्टिच्युटका थिङ्क ट्यांकसँगको छलफलमा भनिन् ।

मरिनले युक्रेनलाई युद्ध जित्नका लागि ‘जे चाहिए पनि’ दिनुपर्नेमा जोड दिँदै युद्धमा रूसको सफलतालाई निस्तेज पार्न आवश्यक हतियार, आर्थिक र मानवीय सहायता उपलब्ध गराउन अमेरिकाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन् ।

उनले भनिन्, “हामीले युरोपेली रक्षा र युरोपेली रक्षा प्रणालीको कुरा गर्दा यो सुनिश्चित गर्नु पर्दछ आवश्यक ती क्षमताहरू पनि निर्माण गरिरहेका छौं र हामी विभिन्न प्रकारका परिस्थितिहरूको सामना गर्न सक्दछौं ।”

फिनल्यान्डले लगभग १०५ वर्षअघि रूसबाट स्वतन्त्रता प्राप्त गरेको थियो र आक्रमणकारी सोभियत सेनालाई ठूलो सङ्ख्यामा मारिएको भएपनि त्यसको केही समयपछि रूसले फिनल्याण्डको ठूलो जनधनको क्षति पुर्याएको थियो ।

फिनल्यान्डकी ३७ वर्षीया नेताले पुटिनसँगको सम्बन्धको महत्वमा जोड दिने युरोपेली संघको नीतिको निन्दा गर्दै सोभियत संघको पतनपूर्वका संघका सदस्य राष्ट्रहरूको कुरा सुन्नुपर्ने बताइन् ।

सन् २००४ मा युरोपेली संघमा सामेल भएदेखि नै इस्टोनिया र पोल्याण्डजस्ता देशले रूसका सदस्य राष्ट्रलाई पुटिनविरुद्ध कडा कदम चाल्न आग्रह गर्दै आएका छन् ।

“हामीले बाल्टिक र पोलिस साथीहरूको कुरा धेरै चाँडो सुन्नु पर्दथ्यो,” मरिनले भनिन् ।

उनले थपिन्, “लामो समयदेखि युरोपले रूससँग हाम्रो आर्थिक सम्बन्ध बन्द गर्ने, रुसबाट ऊर्जा किन्ने रणनीति बनाइरहेको थियो । हामीले सोचेका थियौं कि यसले युद्धलाई रोक्नेछ । तर यो दृष्टिकोण ‘पूर्णतया गलत सावित भएको’ छ ।”

रूसीहरूलाई आर्थिक सम्बन्ध र प्रतिबन्धको कुनै वास्ता नभएको उनको भनाइ थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू