बुधबार, वैशाख १२, २०८१
02:44 | ०७:२९

अफगानिस्तानलाई थप ४० मिलियन अमेरिकी डलर नगद सहायता   

रासस-सिन्ह्वा नोभेम्बर २९, २०२२

काबुल । अफगानिस्तानले मानवीय नगद सहायताका रूपमा थप ४० मिलियन अमेरिकी डलर मङ्गलबार प्राप्त गरेको केन्द्रीय बैंक दा अफगानिस्तान बैंक (डीएबी) ले जनाएको छ । नगदमा मानवीय सहायता पठाएकोमा अन्तरराष्ट्रिय समुदायको प्रशंसा गर्दै बैंकले विज्ञप्तिमा बैंकिङ प्रणालीमार्फत थप नगद सहायता पठाउन आह्वान गरेको छ ।

यस्तै विगतका दुई सातामा काबुलले ४० मिलियन डलरको नगद सहायता प्राप्त गरेको थियो । युद्धग्रस्त अफगानिस्तानले विदेशी मुद्रा सञ्चिति गत वर्षको तुलनामा १.५ बिलियन डलर भन्दा बढी पुरयाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू