शनिबार, माघ १४, २०७९
01:28 | ०७:१३

इरानको रिभोलुसनरी गार्ड मिलिसियाका सदस्यको गोली हानी हत्या   

रासस-एएफपी नोभेम्बर २८, २०२२

तेहरान । इरानको रिभोलुसनरी गार्ड मिलिसियाका एक सदस्यलाई सोमबार गोली हानी हत्या गरिएको छ ।

इस्लामिक गणतन्त्र दुई महिनाभन्दा बढी लामो आन्दोलनले तनावग्रस्त छ ।

आक्रमणका दोषीको पहिचानका लागि अनुसन्धान भइरहेको डेपुटी स्थानीय गभर्नर मोहम्मद–रेजा जन्नेसरीले बताएको इरना समाचार एजेन्सीले जनाएको छ ।

यस्तै नोभेम्बर मध्यमा इस्फाहानमा मोटरसाइकलमा आएका दुई आक्रमणकारीले सुरक्षा गार्डहरूमाथि स्वचालित हतियार चलाएर एक प्रहरी कर्णेल र दुई अर्धसैनिकको हत्या गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू