बिहीबार, कार्तिक ८, २०८१
17:55 | २२:४०

ह्यारिसले जापान, दक्षिण कोरियालगायत पाँच देशका नेतालाई भेट्ने

रासस-एएफपी नोभेम्बर १८, २०२२

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस बैंककमा । तस्विर एपी

बैंकक, २ मङ्सिर -उत्तर कोरियाले एक संदिग्ध अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले शुक्रबार जापान, दक्षिण कोरिया, अष्ट्रेलिया, न्यूजील्याण्ड र क्यानडाका नेताहरुसँग आकस्मिक वार्ता गर्ने एक अमेरिकी अधिकारीले जानकारी दिएका छन् ।

बैंककमा एशिया–प्रशान्त शिखर सम्मेलनमा भाग लिँदै ह्यारिसले उत्तर कोरियाले हालैको ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपणको बारेमा परामर्श गर्न पाँच नेताहरूसँग भेटवार्ता गर्ने बताइएको छ ।

उत्तरको आधिकारिक नाम डेमोक्रयाटिक पिपुल्स रिपब्लिक अफ प्रयोग गर्दै ह्वाइट हाउसका अधिकारीले बैंककमा एशिया–प्रशान्त शिखर सम्मेलनका क्रममा ह्यारिसले पाँच नेताहरूलाई भेट्वार्ता गर्ने बताएको जनाइएको छ ।

बैठकमा जापानका फुमियो किशिदा, दक्षिण कोरियाका हान डक–सू, अष्ट्रेलियाका एन्थोनी अल्बानीज, न्युजिल्याण्डका जसिन्डा आर्डर्न र क्यानडाका जस्टिन ट्रुडो सहभागी हुने जनाइएको छ ।

जापानले उक्त क्षेप्यास्त्र आफ्नो पानीमा खसेको र अमेरिकाको मुख्य भूमिमा मार हान्न सक्ने क्षमता रहेको बताएको छ । उत्तर कोरियासँगको हप्तौंको बढ्दो तनावपछि पुनः सातौं आणविक परीक्षणको तयारी गरिरहेको अमेरिकी गुप्तचरहरूले विश्वास गरेका छन् ।

ह्वाइट हाउसले पछिल्लो क्षेप्यास्त्र प्रहारलाई संयुक्त राष्ट्रसुरक्षा परिषद्का धेरै प्रस्तावहरूको निर्लज्ज उल्लंघन गरेको जनाएको छ । यस प्रहारले अनावश्क रुपमा तनाव बढाउने बताएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतवार कम्बोडियामा दक्षिणपूर्वी एसियाली शिखर सम्मेलनको क्रममा जापानका फुमियो किशिदा र दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलसँग भेट गरेका थिए । भेटपछि उत्तर कोरियाको आणविक परीक्षणविरूद्ध संयुक्त चेतावनी जारी गरिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू