बिहीबार, कार्तिक ८, २०८१
17:55 | २२:४०

विश्वको जनसंख्या आठ अर्ब पुग्यो

रासस/एएनआई नोभेम्बर १५, २०२२

तस्विर एएफपी

नयाँदिल्ली, २९ कात्तिक–बितेका १२ वर्षमा एक अर्ब मानिस थपिएसँगै आजदेखि विश्वको जनसङ्ख्या आठ अर्ब पुगेको छ । संयुक्त राष्ट्रसंघको प्रक्षेपणअनुसार जन्मदर सुस्त हुन अघि नै विश्वको जनसङ्ख्या आठ ८ अर्ब पुगेको हो ।

स्वास्थ्य क्षेत्रमा भएको विकासले मानव आयु लम्बिएको छ ।

विश्व जनसङ्ख्या दिवसको अवसरमा सोमबार सार्वजनिक गरिएको वार्षिक विश्व जनसङ्ख्या सम्भावना प्रतिवेदनमा उल्लेख गरेको छ ।

सन् २०२० मा एक प्रतिशतभन्दा कममा झरेर सन् १९५० यता विश्वको जनसङ्ख्या सबैभन्दा सुस्त गतिमा बढिरहेको देखाएको थियो ।

विश्व जनसङ्ख्या ७ बाट ८ अर्ब पुग्न १२ वर्ष लागेको र यो ९ अर्ब वृद्धि करिब १५ वर्ष लाग्ने अर्थात सन् २०३७ सम्ममा पुग्ने अनुमान गरिएको छ । यो विश्व जनसङ्ख्या बृद्धिको समग्र यो दर सुस्त संकेत पनि हो ।

सन् २०२२ सम्ममा दोस्रो धेरै जनसङ्ख्या क्षेत्रको रुपमा एसिया छ । एसियाको पूर्वी र दक्षिण–पूर्वी २.३ अर्ब, मध्य दक्षिण एसियामा २.१ अर्ब रचीन र भारतमा १.४ अर्बभन्दा बढी पुगेको बताइएको छ ।

सन् २०५० सम्ममा विश्वव्यापी जनसङ्ख्याको अनुमानित वृद्धिको आधाभन्दा बढी मात्र आठ देशमा केन्द्रित हुनेछ । ती देशमा कङ्गो, इजिप्ट, इथियोपिया, भारत, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स र तान्जानिया छन् । सन् २०२३ मा चीनलाई उछिनेर विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश भारत बन्ने संयुक्त राष्ट्रसंघको अनुमान छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू