बिहीबार, कार्तिक ८, २०८१
17:54 | २२:३९

ब्रसेल्सले युक्रेनलाई थप १८ अर्ब युरो ऋण सहायता दिने प्रस्ताव

रासस-सिन्ह्वा नोभेम्बर ९, २०२२

युक्रेनी राष्ट्रपतिका भोलोदिमिर जेलेन्सीका साथ युरोपेली आयोग अध्यक्ष लेयन । तस्बिर एएफपी

ब्रसेल्स, २३ कात्तिक–ब्रसेल्सले युक्रेनलाई १८ अर्ब युरोको सहायता दिने प्रस्ताव गरेको छ ।

युरोपेली आयोगले सन् २०२३ सम्ममा युक्रेनलाई प्राप्त गर्न १८ अर्ब युरो (करिब १८ अर्ब अमेरिकी डलर) को आर्थिक सहायता प्याकेजको विवरण बुधबार सार्वजनिक गरेको हो ।

यस योजना अन्तर्गत यूरो समूहले किभलाई प्रति महिना १.५ अर्ब यूरो ऋणको रूपमा पठाउनेछ । उक्त रकम ब्याज भुक्तानीको साथ युरोपेली संघले असुल गर्नेछ ।

गत फेब्रुअरी २४ मा रूसले युक्रेनमाथि आक्रमण शुरू गरेको थियो । उक्त युद्धका कारण युक्रेनसँगै विश्वभर आर्थिक समस्या देखिएपछि मार्च २९ मा टर्कीको इस्तानबुलमा संयुक्त राष्ट्रसंघको मध्यस्थतामा रूस र युक्रेनकाबीच प्रत्यक्ष वार्ता भएको थियो ।

वार्तामा खाद्यान्नलगायतका अत्यावश्यक सामाग्रीलाई आपूर्तिमा अवरोध नगर्ने सहमति भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू