बिहीबार, कार्तिक ८, २०८१
17:53 | २२:३८

जर्मनीका राष्ट्रपति युक्रेन भ्रमणमा    

रासस-एपी अक्टोबर २५, २०२२

किएभ, ८ कात्तिक – पश्चिमा राष्ट्रले युद्धबाट तहसनहस भएको युक्रेनको पुनर्निर्माणको योजना बनाइरहेका बेला जर्मनीका राष्ट्रपति युक्रेन भ्रमणमा आएका छन् ।

युक्रेन युद्ध समाप्त भएपछि गरिने पुनर्निर्माणको बृहत् योजनाका बारेमा पश्चिमा मुलुकबीच विचारविमर्श भइरहेका बेला उनको भ्रमण भएको हो ।

रूसले युक्रेनमाथि आक्रमण गरेपछि जर्मनीका राष्ट्रपति फ्रान्क वाल्टर स्टेनमेयरको यो पहिलो युक्रेन भ्रमण हो ।

युक्रेनीहरूमा एकताको सन्देश प्रवाह गर्न आफू किएभ आएको उनले बताएका छन् । क्षेप्यास्त्र र रकेट आक्रमणका बेला भएको आफ्नो भ्रमण महत्वपूर्ण भएको टिप्पणी उनले गरेका छन् ।
गत जेठमा पोल्याण्ड तथा बाल्टिक क्षेत्रका आफ्ना समकक्षीसँग युक्रेन भ्रमणको योजनामा उनी थिए । त्यसबेला उनीमाथि रूसको समर्थन गरेको आरोप लागेको थियो ।

क्रेमलिनको सेनाले गरेको ८ महिनाको निरन्तर दमनले आवासीय भवन, सार्वजनिक भवन र ऊर्जा प्रवाहका सञ्जाल ध्वस्त भएका छन् ।

विश्व ब्यांकले युक्रेनमा हालसम्म तीन खर्ब ४५ अर्ब डलर क्षति भएको अनुमान गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू