सोमबार, साउन ७, २०८१
11:39 | १६:२४

पूर्व प्रधानमन्त्री खानलाई पाँच वर्ष चुनाव लड्न प्रतिबन्ध   

रासस-एएफपी अक्टोबर २१, २०२२

इस्लामाबाद, ४ कात्तिक–पाकिस्तानको निर्वाचन आयोगले पूर्व प्रधानमन्त्री इमरान खानलाई आगामी पाँच वर्षसम्म चुनावमा भाग लिन नदिने घोषणा गरेको छ ।

यो निर्णय राजनीतिक झगडामा अर्को मोड हो जुन खानको अप्रिल अपदस्थ हुनु अघि सुरु भयो, र यो पूर्व अन्तर्राष्ट्रिय क्रिकेट स्टार र उनको पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीले लडिरहेका धेरै कानूनी लडाइहरू मध्ये एक भएको उनका वकिलले जानकारी दिएका छन् ।

सत्तामा रहँदा उनले अनावश्यक रुपमा उपहार लिएको देशको निर्वाचन आयोगले फैसला गरेपछि उम्मेदवार हुन अयोग्य घोषित गरिएको उनका वकिल गोहर खानले जानकारी दिएका हुन् ।

‘इसीपी (पाकिस्तानको निर्वाचन आयोग) ले इमरान खानलाई भ्रष्ट अभ्यासमा संलग्न भएको घोषणा गरेको छ’, गोहरले भने, ‘हामी यसलाई अहिले इस्लामावाद उच्च अदालतमा चुनौती दिने छौं ।’

सरकारी अधिकारीहरूले सबै उपहारहरू घोषणा गर्नुपर्छ, तर तिनीहरूलाई निश्चित मूल्यभन्दा कम राख्न अनुमति दिइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू