बिहीबार, कार्तिक ८, २०८१
17:53 | २२:३८

न्यूयोर्कका विद्यालयमा पनि दीपावली बिदा 

रासस-एएनआई अक्टोबर २१, २०२२

न्यूयोर्क । आगामी वर्षको दीपावलीदेखि न्यूयोर्क महानगरका सार्वजनिक विद्यालयमा बिदा दिइने भएको छ । न्यूयोर्क महानगरका प्रमुख एरिक एडम्सले बिहीबार उक्त घोषणा गरेका हुन् ।

न्यूयोर्क विधानसभा सदस्य जेनिफर राजकुमारले दीपावलीमा बिदा दिनेसम्बन्धी कानुनी प्रस्ताव प्रस्तुत गरेका थिए । महानगरका विधायकले पनि उक्त प्रस्तावलाई अनुमोदन गरेको केवल न्युज नेटवर्कले जनाएको छ ।

प्रकाशको पर्व दीपावली मनाउने हिन्दू, बौद्ध, सिख र जैन धर्मका दुई लाखभन्दा बढी न्यूयोर्कवासीले उक्त निर्णयको स्वागत गरेका छन् । दीपावलीको बिदाले विद्यालयको पठनपाठनमा कुनै असर नपर्ने र नियमानुसार वार्षिक एक सय ८० दिन कक्षा सञ्चालन हुने बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू