बिहीबार, कार्तिक ८, २०८१
17:53 | २२:३८

युरोपेली संघको पुनःसंरचना गर्न माग

रासस/एपी अक्टोबर १५, २०२२

बर्लिन, २९ असोज–जर्मनीका चान्स्लर ओलाफ सोल्सले युरोपेली संघको पुनःसंरचना गर्न माग गरेका छन् । संघअन्तर्गत रहेका २७ देशको छुट्टै प्रशासनिक र सैन्य सेवाको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

जर्मनीको बर्लिनमा आयोजित युरोपेली समाजवादी पार्टीको सम्मेलनमा बोल्दै उनले युरोपेली संघमा विस्तारै केही परिवर्तन आवश्यक भएको धारणा राखे ।

विशेष गरेर विदेश नीति, कर प्रणाली, सैन्य सेवा, प्रशासनिक व्यवस्थालगायतका क्षेत्रमा केही संशोधन आवश्यक भएको उनको भनाइ थियो ।

युरोपेली संघको स्वायत्तता, क्षेत्राधिकार तथा कार्य प्रणालीमा पनि सुधार हुनुपर्नेमा चान्स्लर सोल्सले जोड दिएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू