बुधबार, कार्तिक ७, २०८१
08:21 | १३:०६

युक्रेनलाई नयाँ क्षेप्यास्त्र विरोधी प्रणाली उपलब्ध गराउने पश्चिमी राष्ट्रहरुको वाचा

रासस-सिन्ह्वा अक्टोबर १३, २०२२

ब्रसेल्स बैठकमा नेताहरु । तस्बिर एएफपी

किभ । तीव्र रुसी क्षेप्यास्त्र हमलापछि युक्रेनमा ‘जति सक्दो चाँडो’ वायु रक्षा प्रणाली पुरयाउने पश्चिमी देशहरुको वाचालाई युक्रेनले स्वागत गरेको छ ।

अमेरिकाको नेतृत्वमा करिब ५० देशको समूहले ब्रसेल्सस्थित नेटो मुख्यालयमा वार्ता गरि किभलाई नयाँ क्षेप्यास्त्र विरोधी प्रणाली उपलब्ध गराउने वाचा गरेको हो ।

युक्रेन रुसी आक्रमणबाट त्रसित छ । यसमा परी दर्जनौं मारिएका र घाइते भएका छन् साथै गाउँ र सहरहरू विद्युत र तातो पानीविहीन छन् ।

‘हामी क्षेप्यास्त्र विरोधी प्रणालीहरू जति छिटो पुरयाउने छौं,’ अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले बैठकपछि जानकारी दिए ।

पश्चिमी ऐक्यवद्धताको थप प्रदर्शनमा जी७ ले आवश्यता भएसम्म युक्रेनको साथमा उभिने वाचा गरेको छ ।

बलियो युक्रेनको दिशातर्फ अघि बढ्नका लागि आर्थिक सहयोग गर्ने अन्तर्राष्ट्रिय मुद्रा कोष प्रमुख क्रिस्टालिना जर्जिएभाले वाचा गरेकी छन् ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की रुसी क्षेप्यास्त्र आक्रमणलाई आतंकवादको कार्यको रूपमा वर्णन गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू