मंगलबार, चैत ६, २०८०
02:27 | ०८:१२

राष्ट्रसंघीय प्रमुखद्वारा शान्ति र सद्भावका लागि आह्वान   

रासस -सिन्ह्वा अक्टोबर ३, २०२२

संयुक्त राष्ट्रसंघ, १७ असोज–संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विश्वमा शान्ति र सद्भाव कायम गर्नका लागि विश्वका सबै व्यक्ति तथा समुदायसँग आग्रह गरेका छन् ।

विश्व अहिंसा दिवसका अवसरमा आइतबार दिएको एक सन्देशमा उनले विश्वमा शान्ति सद्भाव एवं पारस्पारिक सम्मानका लागि विश्व समुदायसँग आग्रह गरेका हुन् ।

संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसले विश्व अहिंसा दिवस अहिंसावादी नेता महात्मा गान्धीको जन्म दिनमा मात्र मनाएको नभएर विश्वका नागरिकहरुमा आपसमा शान्ति र आपसी सम्मान कायम गर्न मनाइने गरेको बताए ।

महासचिव गुटरेसले मानिसले एकले अर्कोलाई आपसमा सम्मान र माया दर्शाउन सकेमा विश्वमा शान्तिको स्थापना गर्न गाह्रो नभएको भन्दैअहिंसावादी नेता महात्मा गान्धीबाट यो प्रेरणा लिन सकिने बताए ।

उनले अहिले विश्वमा आन्तरिक द्वन्द्व, राजनीतिक बेमेल, गरिबी, जलवायु परिवर्तनलगायतका विभिन्न कारणले विश्वमा हिंसा बढ्दै गएको बताउँदै यसबाट बच्नका लागि पनि अहिंसात्मक सोच राख्नुपर्ने बताएका छन् ।

सन्देशमा उनले अगाडि भनेका छन्– ‘हामीले आगामी विश्वलाई शान्तिपूर्ण बनाउन र नागरिकहरुमा हाल देखा परेका यी हिंसात्मक गतिविधीहरुबाट टाढा राख्नका लागि महात्मा गान्धीको अहिंसा र मानवीय सम्मानको व्यवहारबाट प्रेरणा लिन सक्दछौँ ।’

महासचिव गुटरेसले विश्वमा सम्पन्न देशले तेस्रो विश्वका देशहरुलाई सहयोग गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

जलवायु परिवर्तन, गरिबी, आन्तरिक राजनीतिक द्वन्द्व आदि कारणहरुले तेस्रो विश्वका देशहरु पछि परिररहेका कारण ती देशलाई सहयोग गर्नुपर्नेमा उनले सो सन्देशमार्फत् जोड दिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू