शुक्रबार, चैत १६, २०८०
04:45 | १०:३०

इन्डोनेसियामा फुटबल खेल दंगामा एक सय ७४ को मृत्यु

रासस-एएफपी अक्टोबर २, २०२२

मलाङ्ग, इन्डोनेसिया । इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको दङ्गा भागदौडमा परिणत हुँदा आइतबार मृत्यु हुनेको सङ्ख्या एक ७४ पुगेको एक अधिकारीले स्थानीय सञ्चारमाध्यमलाई जनाएका छन् ।

स्थानीय समयानुसार आइतबार बिहान ९:३० बजे मृत्युको सङ्ख्या एक सय ५८ पुगेको थियो भने १०:३० यो सङ्ख्या एक सय ७४ पुगेको पूर्वी जाभा प्रकोप न्यूनीकरण एजेन्सीले संकलन गरेको तथ्यांक भएको पूर्वी जाभाका डेपुटी गभर्नर एमिल डार्डकले प्रसारक कोम्पासलाई टिभी च्यानललाई जानकारी दिएका छन् ।

इन्डोनेसियाली प्रहरीलाई उद्धृत गर्दै विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले बताएअनुसार खेलका क्रममा एक खेलका पक्षधरले आफ्नो पक्षको हार सहन नसक्दा यस्तो घटना भएको थियो ।

इन्डोनेसियाको पूर्वी जाभा प्रान्तका प्रहरी प्रमुख निको अखिन्ताले दिएको समाचारमा खेलमा हार खाएको एक पक्षका समर्थकहरुले हार सहन नसकेर हिंसा मच्चाएका थिए । त्यसपछि त्यहाँ जम्मा भएको भीडमा भागदौड पनि मच्चिएको थियो । भागदौडमा परेर करिब दुई सय जना घाइते पनि भएका जनाइएको छ ।

हार्ने पक्षका समर्थकहरूले पिचमा आक्रमण गरेका थिए । त्यसलगत्तै प्रहरीले पनि भीड नियन्त्रण गर्नका लागि अश्रुग्यास प्रहार गरेको थियो ।

प्रहरीले अश्रुग्यास हानेपछि सो खेल हेर्न त्यहाँ जम्मा भएका भिडका बीचमा भागदौड भएको थियो । धेरै जसो मानिस भागदौडमा परेर ज्यान गुमाएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू